Madhes Khabar
स्थानिय हेडलाइन

लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि पत्रकार महसघंले वीरगन्ज महानगरमा बुझायो ज्ञापनपत्र

वीरगन्ज,८पुसःनेपाल पत्रकार महासंघ पर्साले बिगत केही समयदेखि वीरगन्ज महानगरपालिकाले रोकेको लोक कल्याणकारी बिज्ञापनको भुक्तानीको माग गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ।

पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल नेतृत्वको टोलीले सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णलाई ज्ञापनपत्र बुझाएको हो ।पत्रकार महासंघले वीरगन्जबाट प्रकाशीत हुने साप्ताहिक पत्रिकालाई लोककल्याणकारी बिज्ञापनबाट बन्चित गरेका कारण समस्या परेकोले साप्ताहिक पत्रपत्रिकालाई पनि लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउनपनि माग गरेकोृ छ ।

वीरगन्ज महानगपालिका आमसञ्चार सम्बन्धि कानुन् ल्याउने नेपालमै पहिलो पालिका भएपनि यसको कार्यान्वयनमा उदासिनता देखिनु संदेहको विषय बनेको भन्दै महासंघले अहिले देखिएको आर्थिक शिथिलताको मारमा आमसन्चार माध्यमहरुपनि परेको अवस्थामा वीरगन्ज महानगरपालिकाले दिदै आएको सहुलियत समेत रोक्का भएपछी थप संकट निम्तिएको जनाएको छ ।

यसका साथै जेष्ठ पत्रकारहरुको लागि वीरगन्ज महागनगरपालिकाले विनियोजन गरेको बजेट कार्यान्वयनमा पनि ढिलाई भएकाले त्यसलाईपनि छिट्टै कार्यान्वयनमा ल्याउन महानगरपाmिलकासंग पत्रकार महासंघले माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष पौडेलसंगै सचिव बिजय चौहान, सदस्य राहुल गुप्ता र अजित भुजेलकोपनि सहभागिता थियो ।

Related posts

वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थल निर्धारण

MadhesKhabar

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ बाट पत्रकार क्रान्ति शाह पुरस्कृत

MadhesKhabar

पर्साका सीडीओ सुबेदीको २ महिनामै सरुवा, पर्सामा अब दाहाल आउँदै

MadhesKhabar

Leave a Comment