Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज झडप प्रकरण :पक्राउ परेकाहरुविरुद्ध ‘राज्यविरुद्धको कसुर’ र ‘आपराधिक उपद्रव’को मुद्दा दर्ता

वीरगन्ज,०४बैशाखःवीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्रमा भएको झडपका क्रममा भएको ढुंगमुढा,तोडफोड र आगजनी गरेर सामाजिक सद्घाव भड्काउने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँच जनाविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरेर अनुसन्धान प्रकृयापनि अगाडि बढाइसकेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्रा वीरगन्ज–२ छपकैयामा पुगेपछि दुुई फरक धार्मिक समुदायकाबीच झडप हुुनुका साथै त्यहाँको पसल,सवारी,साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।

उक्त घटनाको अनुसन्धानमा जुटेको प्रहरीले बुधबारसम्म पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । । उनका अनुसार पक्राउ पर्नेहरुमा शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई,शकिल मियाँ, रवि सर्राफ र बलजित सिंह रहेका छन् ।मंगलबार  चार जनालाई र बुधबार एक जनालाई पक्राउ गरिएको उनले बताए ।

सामाजिक सद्भाव विथोल्ने र आपराधिक गतिविधि(ढुंगमुढाmतोडफोड र आजनी) मा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरू विरुद्ध राज्यविरुद्धको कसुर र आपराधिक उपद्रोको मुद्दा दर्ता गरेर अनुसन्धान प्रकृया अगाडि बढाइएको लम्सालले बताए । उनका अनुसार, पक्राउ परेका मध्ये तीन जनाविरुद्ध ‘राज्यविरुद्धको कसुर’ र बाँकी दुई जनाविरुद्ध ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका पाँचै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको लम्सालले बताए ।

प्रहरीले शनिबार भएको घटनास्थलको सिसिटिभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओ सामग्री र प्रमाणका आधारमा अहिलेसम्म ५ जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले भने,‘ उक्त घटनासंग जोडिएका प्राप्त प्रमाणका आधारमै उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । उक्त घटनामा थप व्यक्तिहरूको संलग्नता पुष्टि भयो भने उनिहरुलाई पनि पक्राउ गरिन्छ ।’

Related posts

जेनजी प्रदर्शनमा काठमाडौंकाे जेलबाट भागेका एक कैदी पर्सामा पक्राउ

MadhesKhabar

वीरगन्जमा सरकारले किसानसंग किन्यो ४ करोडको धान

MadhesKhabar

वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment