Madhes Khabar
कृषि हेडलाइन

वीरगन्जमा सरकारले किसानसंग किन्यो ४ करोडको धान

वीरगन्ज,३० पुस : वीरगन्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले यस वर्ष पर्सा र बाराका किसानबाट करिब ४ करोड रुपैया बराबरको धान खरिद गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पर्सा र बारा गरि दुवै जिल्लाका किसानबाट १३ हजार ८ सय ९० क्विन्टल धान खरिद गरेको हो । यस वर्ष पुस ११ गते देखि धान खरिद सुरु गरेकोमा बिहीबारसम्ममा शाखाले प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँको दरले ४ करोड ३५ लाख रुपैयाँ बराबरको धान खरिद गरेको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए  ।

शाखाले गत पुस २२ थते देखि नै धान खरिद कार्य बन्द गरेकोेमा शाखा परिसरमा भित्रिसकेको धान बिहीबार सम्म तौल गरेको थियो ।
यस वर्ष बाराको फेटा गाउँपालिका र पर्साको पोखरिया नगरपालिका, विन्ध्यवासिनी तथा जगरनाथपुर गाउँपालिकाका किसानले बढी धान बिक्री गर्न ल्याएको शाखा प्रमुख कटुवालले बताए ।

शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार क्विन्टल गरी कुल १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर किसानले जिरा मसिनो धान नल्याएपछि शाखाले त्यस बराबरको सोना मन्सुली धान नै खरिद गरेको थियो । पछि केन्द्रबाट यस वर्षको कोटामा थप गरी कुल १५ हजार क्विन्टलसम्म धान खरिदको अनुमति पाएको थियो । साभार ः कान्तिपुर

Related posts

वीरगन्जमा खानेपानीको हाहाकार भएपछि जनमत पार्टीका महिलाहरुद्वारा सडकमा प्रदर्शन

MadhesKhabar

विद्यार्थीलाई आत्मनिर्भर बनाउन वीरगन्जमा रात्री साँस्कृतिक तथा खाना मेला

MadhesKhabar

मधेस सरकारले साना किसानको बैंक खातामा सिधै १० हजार पठाइ दिने

MadhesKhabar

Leave a Comment