वीरगन्ज,०८असाेज:जेनजी प्रदर्शनका क्रममा गत भदाैं २४ गते काठमाडौंकाे केन्द्रीय कारागारबाट फरार भएकामध्ये एक कैदी पर्साबाट पक्राउ परेका छन् ।
पक्राउ पर्ने कैदीमा पर्साकाे कालिकामाई गाँउपालिका वडा नम्बर ५ सेमराका ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन् ।उनलाई सेमरास्थित आफ्नै घरमा लुकेर बसेकाे अवस्थामा बुधबार ईलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेकाे पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।बुधबार पक्राउ गरिएका कुर्मीलाई काठमाडौंकाे केन्द्रीय कारगारमा पठाइने उनले बताए ।
कुर्मी ,आफ्नै पत्नि ३५ वर्षीया संगीता देवी कुर्मीकाे घाँटी थिचेर हत्या गरेकाे कसुरमा पर्सा जिल्ला अदालतले २५ वर्षकाे कैद सजाय ताेकेका कैदी रहेकाे प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

