Madhes Khabar
स्थानिय

सखुवाप्रसौनीमा भूमी आयाेगकाे अभिमुखीकरण, १ हजार २१५ जनाकाे विवरण संकलन

वीरगन्ज,१५चैत : पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बुधबार भूमि आयोग पर्साको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको छ ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरण गरेको हो ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको अभिमुखीकरणमा भूमिहिन, सुकुम्बासी, दलित एवंव अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले प्रशिक्षण दिएका थिए ।

अध्यक्ष अहमदका अनुसार सखुवाप्रसौनी गाउँपालिकामा १ हजार २ सय १५ जनाको विवरण संकलन गरिएको छ । जसमध्ये ८ सय ८० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने ३ सय ३५ जना अव्यवस्थित बसोबासी रहेका छन् ।

त्यहि अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती पुर्नगठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
अभिमुखीकरणमा गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्ष र वडा सचिव, कार्यपालिका सदस्य, कर्मचारी, कर्मचारीसँगै अमिन सनोज पटेल र भूमि आयोगका कर्मचारीद्वय भरत प्रसाद कानु, रमेश जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

Related posts

कलिकामाई गाँउपालिकाकाे बेथिति : एक वर्षमै थपियाे ४ करोड बेरुजू

MadhesKhabar

पर्साको ग्रामीण भेगमा सरकारी कार्यालयहरुको सेवा विस्तार गर्न धोबिनीका स्थानीयको माग

MadhesKhabar

मालवाहक ट्रकमा गाँजाको तस्करी गर्ने दुई जना बारामा पक्राउ

MadhesKhabar

Leave a Comment