Madhes Khabar
स्थानिय

बाराकाे महागढीमाई नगरपालिकाले ल्यायाे ६६ कराेड ७४ लाखकाे बजेट

बारा,८असार: बाराकाे महागढिमाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६६ कराेड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ ।

शुक्रबार बरियारपुरमा आयाेजित नगरपालिकाकाे ७ ओैं नगरसभामा मेयर उपेन्द्र प्रसाद यादवले आगामी आर्थिक वर्षका लागि प्रमुख यादवले आव २०८०/०८१ का ६६ करोड ७४ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

उक्त बजेटमा कृषि तर्फ २ करोड १० पशु स्वास्थ्य कार्यक्रमका सन्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।बिनियोजन गरेको यादव ले बताए ।यस्तै युवा तथा खेलकुद शीर्षकमा १० लाख, खानेपानि तथा सरसफाइ कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको मेयर यादवले जानकारी गराए।

यस्तै मेला जात्राको ब्यवस्थापनको लागि ३५ लाख , स्वास्थणय तर्फ १ करोड २५ लाख र शिक्षामा २ करोड ६० लाख विनियोजन गरिएकाे छ ।

मेयर यादवको अध्यक्षतामा भएको नगरसभामा उपमेयर तारा देवी कानु, प्रमुख प्रशासकिय अधिकृत डिल्ली राम भट्टराई,११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस, वडासदस्य , कर्मचारी लगायतकाे सहभागीता थियाे ।

Related posts

बारामा गाेली हानी हत्या गरिएका युवककाे पहिचान खुल्याे

MadhesKhabar

जीतपुरबाट वीरगन्जका दुईसहित पाँच जना जुवाडे पक्राउ

MadhesKhabar

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment