Madhes Khabar
स्थानिय हेडलाइन

लागू औषध तस्करीको सञ्जाल तोड्दै पर्सा प्रहरी, ३१९ केजी चरेससहित एक जना पक्राउ

वीरगन्ज,१२असारःपर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले ३ सय १९ केजी चरेससहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो ।

पर्सा जिल्लामा सम्भ्वत एकपटकमा यतिधेरै परिमाणमा चरेस बरामद गरिएको पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चरेसहित पक्राउ परेका स्याङ्तानको साथबाट १ लाख ९२ हजार रुपैयाँ रकमपनि प्रहरीले बरामद गरेको छ ।

बुधबार बेलुकी बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकको सामान लोड गर्ने भागमा प्लाष्टिकको बोराभित्र पोका बनाएर राखिएको अवस्थामा ३ सय १९ केजी चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

ट्रकबाट चरेस बरामद भएपछि त्यसका चालक स्याङ्तानलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकमपनि बरामद गरिएको मिश्रले बताए । बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको उनले बताए ।

पक्राउ परेका ट्रक चालकले उक्त चरेस आँफुले धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुदैं भारतमा पुर्याउने योजनामा रहेको प्रहरीलाई बयान दिएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

चरेससहित पक्राउ परेका स्याङे्तानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मिश्रले चरेसको तस्करीमा संलग्न अन्य व्याक्तिहरुको बारेमापनि प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए ।

चरेस,गाँजा,अफिम लगायतका लागू औषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी अहिले लागिरहेको र त्यसैको नतिजा स्वरुप यति धेरै मात्रामा चरेस बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक मिश्रले बताए । उनले भने,‘ लागू औषध तस्करीको चेन ब्रेक गर्ने गरी पर्सा प्रहरी लागि रहेको छ । त्यसका कारण अहिले बरामद चरेसको तस्करीको नेक्सेस् बारेपनि हामीले अनुसन्धान गरिरहेका छौं ।’

 

Related posts

पर्साकाे छिपहरमाई गाउँपालिकामा वारुण यन्त्र उपलब्ध गराउने मन्त्री लेखीकाे घाेषणा

MadhesKhabar

सरसफाइमा थप कडा बन्दै वीरगन्ज महानगर,सडकका पाेल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक

MadhesKhabar

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सांसद प्रदीप यादवको माग

MadhesKhabar

Leave a Comment