Madhes Khabar
राजनीति हेडलाइन

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

मधेसखबर
वीरगन्ज, २१ असोज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।

नेताहरुका अनुसार केही सिटमा सहमति हुन सकेको छैन । जस्तो, बाराको निर्वाचन क्षेत्र नम्बर २ मा दुबै दलको दाबी छ ।

त्यस क्षेत्रमा एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।

धनुषा क्षेत्र नम्बर २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।

दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले त्यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो. ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।

एमालेका एक नेता भन्छन्, ‘प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । तर हामी सहमतिको नजिक छौं ।’ जसपाका एक नेताले पनि अब सत्ता गठबन्धनसँगै सहमति हुने सम्भावना कम रहेको बताए । उनले भने, ‘एमालेसँग सहमति होला ।’

जसपासँग वार्तामा संलग्न एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि आफूहरु सहमति नजिक रहेको छोटो प्रतिक्रिया दिएका छन् । साभार : अनलाइनखबर

Related posts

थुनामा पठाउने अदालतको आदेशपछि पूर्वमन्त्री गुप्ताकाे प्रतिक्रिया: मैले फेरि चुनाव जित्छु भनेर सरकार डरायाे

MadhesKhabar

ठाेरीका हाेमस्टेमा विदेशी पर्यटकहरु पनि आउन थाले

MadhesKhabar

पर्सा जिल्ला अदालतमा ५ वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्योट

MadhesKhabar

Leave a Comment