Madhes Khabar
राजनीति हेडलाइन

थुनामा पठाउने अदालतको आदेशपछि पूर्वमन्त्री गुप्ताकाे प्रतिक्रिया: मैले फेरि चुनाव जित्छु भनेर सरकार डरायाे

वीरगन्ज,१६पुस:विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोपमा थुनामा पठाउन आदेश दिएलगत्तै पूर्वमन्त्री राजकुमार गुप्ताकाे प्रतिक्रिया आएकाे छ।पर्सा-३ का निवर्तमान सांसद तथा एमालेका पूर्वकेन्द्रिय सदस्य समेत रहेका गुप्ताले आँफुमाथि राजनीतिक प्रतिशाेध साँधिएकाे आराेप लगाएका छन्।

 

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गुप्ताले आँफुले फेरि चुनाव जित्ने सुनिश्चित भएको देखेर त्यसबाट डराएकाहरुकाे षडयन्त्रमा आँफुमाथि अन्याय गरिएको बताएका छन्।

गुप्ताले लेखेका छन् :यो मुद्दामा मलाई मात्र थुनामा राख्ने आदेश हुनु र सोही प्रकरणमा संलग्न अन्य दुई जनालाई धरौटीमा छाडिनु आफैंमा गम्भीर प्रश्नको विषय हो । कानुन सबैका लागि समान हुन्छ भन्ने सिद्धान्तमाथि यसले गहिरो चोट पुर्‍याएको छ ।म माथि उठाइएको आरोपभन्दा बढी यहाँ राजनीतिक प्रतिशोध र सरकारी हस्तक्षेप स्पष्ट देखिन्छ । सरकारलाई मेरो राजनीतिक हैसियत र जनसमर्थनबाट डर लागेको छ । मैले जितेको निर्वाचन क्षेत्र म फेरि जित्छु भन्ने विश्वास र त्यसले नेकपा एमालेको जित सुनिश्चित हुन्छ भन्ने डरका कारण मलाई लक्षित गरेर यस्तो कदम चालिएको हो ।सत्य दबाएर, न्यायलाई मोडेर, विपक्षी आवाज थुनामा राख्ने प्रयास दीर्घकालसम्म टिक्दैन ।म न्यायमा विश्वास गर्छु, जनतामा भरोसा गर्छु र अन्ततः सत्यकै जित हुन्छ भन्नेमा अडिग छु ।जनताको मत र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।संघर्षबाट म डराउँदिन, अन्यायसँग म झुक्दिन ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो । बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले उनलाई थुनामै राखी मुद्दा अघि बढाउन आदेश दिएको हाे ।

गत असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

पर्सा-३ का निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन पूर्वमन्त्री गुप्तासँग आग्रह गरेको अडियो त्यतिबेला सार्वजनिक भएको थियो ।

Related posts

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

MadhesKhabar

सरकारले ल्याएकाे शिक्षा विद्येयक संघियता विराेधी : जनमत पार्टी पर्सा

MadhesKhabar

समाज रुपान्तरणका लागि युवा पुस्ता अगाडि बढ्नु पर्छ : सांसद यादव

MadhesKhabar

Leave a Comment