Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगन्जबाट अयोध्याका लागि प्रस्थान

वीरगन्ज,२०पुष:भारतकाे अयाेध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरबाट आइपुगेकाे ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ शुक्रबार अयोध्या प्रस्थान गरेको छ।
अयाेध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाका लागि जनकपुरबाट जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा वीरगन्जमा बिहीबार बेलुकी आइपुगेकाे टाेलीलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वागत गरेका थिए । त्यसअवसरमा मधेस प्रदेशका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक जनक भट्टराई,सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह,वीरगन्ज महानगरपालिकाका सदभावना दूत अशाेक वैद्य लगायतले यात्रामा सहभागीहरुलाई माला र खादाले स्वागत गरेका थिए।
शुक्रबार बिहान उक्त यात्रा वीरगन्जबाट रक्साैल हुदैं अयाेध्याका लागी प्रस्थान गरेको हो।वीरगन्जकाे आदर्शनगरस्थित राणीसती अतिथिसदनबाट निस्किएको यात्रालाई    मेयर सिंहले मितेरी पुलसम्म पुगेर विदाई गरेका थिए।
शुक्रबार बिहान वीरगन्जबाट प्रस्थान गरेकाे यात्रा भारतकाे  गोरखपुर हुँदै शुक्रबार नै रातिसम्म अयोध्या पुग्ने बताइएको छ।
अयाेध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिखमा हुने प्राणप्रतिष्ठा र उद्घाटनका लागि नेपालकाे जनकपुरबाट वीरगन्ज हुदैं प्रस्थान गरेकाे भार (काेसेली) सहितकाे यात्रामा चाँदीकाे धनुष , तीर,चरण पादुका, मिठाईका विभिन्न परिकार, आभुषण, लुगाकपडा लगायतका सामग्री समावेश छन्।

Related posts

वीरगन्जमा मध्यरातमा गाेली चल्याे,माेस्ट वान्टेड भारतीय अपराधी बब्लु पक्राउ 

MadhesKhabar

भारतले रक्सौल–वीरगन्ज नाकाबाट कच्चा पदार्थ निर्यातमा राेक लगाउदै

MadhesKhabar

बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते

MadhesKhabar

Leave a Comment