Madhes Khabar
खेलकुद हेडलाइन

परसवा गाेल्डकप फुटबलमा सेढवाकाे विजयी सुरुवात

वीरगन्ज,११कार्तिक:पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर ३ परसवामा शनिबारदेखि सुरु ७ ओैं परसवा गाेल्डकप फुटबलमा सेढवाले विजयी सुरुवात गरेकाे छ ।

शनिबार भएकाे उद्घाटन खेलमा पटेर्वा सुगाैली देकुलीलाई १-० गाेलले पराजित गर्दै सेढवाले प्रतियोगितामा विजयी सुरुवात गरेको हाे ।खेल सकिन १० मिनेटमात्र बाँकी रहेका बेला सेढवाका ग्लाेरीले गरेकाे एक मात्र गाेल निर्णायक बन्याे ।उद्घाटन खेलकाे ‘म्यान अफ दी म्याच’ ग्लोरी नै घोषित भए ।

 

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आफ्नै कार्यकालमा नै परसवा खेलमैदानमा रङ्गशाला निर्माण गर्ने घाेषणा गरे। अहिले खेलकूद क्षेत्रमा प्रगति भइरहेका बेला खेलकूद प्रतियोगिताबाट नै राष्ट्रिय खेलाडी उत्पादन हुने मन्त्री रिजालले बताए ।

न्यू एभरेस्ट क्लब परसवाका अध्यक्ष उमाकान्तप्रसाद चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शंकरप्रसाद चौधरी, संविधान सभा सदस्य जयप्रकाश थारू, नेकपा माओवादी केन्द्रका नेता विजय महतो, जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेशकुमार चौधरी, जगरनाथपुर गाँपालिकाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताकाे लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

न्यु एभरेस्ट क्लब परसवाले आयाेजना गरेकाे प्रतियोगितामा १२ टिमकाे सहभागीता छ । प्रतियोगितामा आइतबार दुई खेल हुनेछ ।आइतबार पहिलो खेल पकडीटोल र सिद्धपुरबीच तथा दोस्रो खेल परसवा र निजगढ–११बाराबीच हुनेछ ।

Related posts

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

MadhesKhabar

नेपाल-भारतबिचकाे क्रिकेट खेल हेर्न वीरगन्ज महानगरपालिकामा पनि बिदा

MadhesKhabar

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

MadhesKhabar

Leave a Comment