Madhes Khabar
खेलकुद

पञ्जाबमाथि गुजरातकाे सहज जित

वीरगन्ज,९बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आइतबार भएकाे दाेस्राे खेलमा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।

पञ्जाबको घरेलु मैदान मुल्लापुरमा भएको खेलमा गुजरातले पञ्जाबलाई ३ विकेटले पराजित गरेकाे हाे।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।उसका लागि कप्तान शुभमन गिलले २९ बलमा ५ चौकाको सहयोगमा ३५ रन बनाए । राहुल तिवातियाले १८ बलमा अविजित ३६ तथा साइ सुदर्शनले ३४ बलमा ३१ रन बनाए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन तथा लियम लिभिङ्स्टोन दुई विकेट लिए । साम करन, अर्शदिप सिंहले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १ सय ४२ रन बनाएको थियो ।

पञ्जाबका लागि प्रभसिमरन सिंहले २१ बलमा सर्वाधिक ३५ तथा अर्का ओपनर तथा हरप्रित ब्रारले १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए ।कप्तान साम करनले १९ बलमा २० रन बनाए । जितेश शर्माले १२ बलमा १३ तथा हरप्रित सिंहले १९ बलमा १४ रन बनाए ।

गुजरातका लागि साइ किशोरले चार तथा मोहित शर्मा र नुर अहमदले समान दुई दुई विकेट लिए ।

आठौं खेलमा चौथो जितका साथ गुजरात छैटौं स्थानमा उक्लिएको छ । आठौं खेलमा छैटौं हारका साथ पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।

Related posts

जीतपुरसिमरा भेट्रान फुटबलमा कटारी र सिक्किमको विजयी सुरुवात

MadhesKhabar

इतिहास बनाउन चुक्याे नेपाल, बंगलादेशसंग २१ रनले पराजित

MadhesKhabar

राष्ट्रिय टी-२० च्याम्पियनसिप : काेशीमाथि मधेसकाे राेमाञ्चक जित

MadhesKhabar

Leave a Comment