वीरगन्ज,३असार:नेपाल बंगलादेशसंग २१ रनले पराजित भएको छ।जारी टी-२० विश्वकप क्रिकेटमा साेमबार बिहान भएकाे खेलमा नेपाल बंगलादेशसंग २१ रनले हारेको हाे।
१०७ रनकाे लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ओभरमा अलआउट हुदैं ८५ रन मात्र बनाउन सक्याे।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २५ रन र आसिफ शेखले १७ रन बनाए।
बंगलादेशका लागि तान्जिम हसन साकिबले चार तथा मुस्ताफिजुर रहमानले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बंगलादेशले १९.३ ओभरमा अलआउट हुदैं १०६ रन बनाएको थियाे।
बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए । महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए ।
नेपालका लागि सोमपाल कामी, कप्तान रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए ।
नेपाललाई हराएसंगै बंगलादेश सुपर-८ मा प्रवेश गरेको छ ।

