काठमाडौं,६फाल्गुन:एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ४ विकटेले पराजित भएकाे हाे ।
नेपालले बासिर अहमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।उसकम लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।बासिर अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

