Madhes Khabar
खेलकुद

फाइनल प्रवेशका लागि भारत र इंग्ल्यान्ड आज भिड्दै

वीरगन्ज,१३असार: टी-२० विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र भारत भिड्दै छन् ।

भारत र इंग्ल्यान्डबीचको खेल वेस्ट इन्डिजको गुयनामा नेपाली समय अनुसार बिहीबार बेलुका सवा ८ बजेदेखि सुरु हुनेछ ।

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर-८ को समूह -२ को उपबिजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

उता, समूह चरणबाट अपराजित रुपमा सेमिफाइनल पुगेको भारत तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ । सन् २००७ मा भएको पहिलो संस्करणको च्याम्पियन भारत २०१६ मा फाइनल पुगेको थियो ।

२०२२ मा भएको अघिल्लो संस्करणको सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेर इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको थियो । यी दुईबीच टी-२० आईमा भएको पछिल्लो पाँच भेटमा भारत ३ पटक र इंग्ल्यान्ड २ पटक विजयी भएका छन् ।

Related posts

पपुवा न्यूगिनी विरुद्ध नेपालको सहज जित

MadhesKhabar

मधेस प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकप फुटबल फागुन १७ देखि

MadhesKhabar

राष्ट्र बैंकको आयोजनामा क्रिकेट लिग सुरु: वीरगन्ज महानगरकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment