Madhes Khabar
खेलकुद

पपुवा न्यूगिनी विरुद्ध नेपालको सहज जित

काठमाडौं,२९फागुनः आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ ।

सोमबार किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटको फराकिलो अन्तरले हराउदै सहज जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाएको थियो । ९६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो ।नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

यसअघि स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमैै अलआउट भएको थियो ।

स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी (पीएनजी) लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको थियो ।

 

Related posts

स्पेनलाई पेनाल्टि सुट आउटमा हराउदै माेरक्काे विश्वकप फुटबलको क्वाटरफाइनलमा

MadhesKhabar

बाराकाे बेलहियामा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

MadhesKhabar

आइपीएलको फाइनलमा आज बैंग्लोर र पञ्जाब भिड्दै

MadhesKhabar

Leave a Comment