वीरगन्ज,१फाल्गुन:सिरहाकाे लहानमा आयाेजित दाेस्राे लहान मेयर गाेल्डकप फुटबलको उपाधि वीरगन्ज युनाईटेडले जितेकाे छ।मंगलबार भएकाे फाइनल खेलमा सिरहाकाे सल्हेश क्लबलाई टाइबेकरमा ३-२ गाेलले हराउँदै वीरगन्ज युनाईटेडले उपाधि उचालेकाे हाे।
निर्धारित ९० मिनेटकाे खेलमा १-१ गाेलकाे बराबरी भएपछि अन्तिम निर्णय टाइबेकरबाट निकालिएको हाे।
उपाधिसंगै वीरगन्ज युनाईटेडले नगद ३ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्याे भने उपविजेता सल्हेश क्लबले नगद १ लाख ५० हजार रुपैयाँमै चित्त बुझाउनु पर्याे।
लहान नगरपालिकाकाे प्रायाेजनमा हिम कस्तुरी युवा क्लबले माघ २२ गतेदेखि आयाेजना गरेकाे प्रतियोगितामा विभिन्न जिल्लाका ९ वटा टिमले भाग लिएका थिए।

