Madhes Khabar
खेलकुद

टी–२० विश्वकप : नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं,२९माघ : आइसीसी टी– २० विश्वकप २०२६ को दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। ओपनर आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडलले २३, दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। त्यसपछि आएका ३ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१५.३ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको नेपालले त्यसपछि २ रन जोड्न ३ विकेट गुमायो। नवौं विकेटको रूपमा सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए। ललित राजवंशी अन्तिम विकेटको रुपमा रनआउट भए। करण केसी १८ रनमा अविजित रहे।

इटालीका लागि बलिङतर्फ कृसन कालुगामागेले ३ विकेट लिए। वेन मानेटीले २ विकेट लिँदा अलि हसन, जे जे स्मुटुस र जसप्रित सिंहले १–१ विकेट लिए। नेपाल र इटालीले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेलिरहेका छन्। यी दुई टोलीले सन् २०१३ मा अन्तिम पटक एकदिवसीय फम्र्याटमा खेलेका थिए।

Related posts

एसियाली खेलकुद : क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसंग खेल्ने

MadhesKhabar

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

आसिफ र गुल्शन चम्किदा जापानमाथि नेपालकाे सानदार जित

MadhesKhabar

Leave a Comment