Madhes Khabar
खेलकुद हेडलाइन

आसिफ र गुल्शन चम्किदा जापानमाथि नेपालकाे सानदार जित

वीरगन्ज,२४असाेज : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले जापानलाई पराजित गरेकाे छ।नेपालले जापानलाई ५ विकेटले पराजित गरेकाे हाे।

जापानले दिएकाे १३२ रनकाे लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे ।उसका लागि आसिफ शेखले २१ बलमा सर्वाधिक ३८ रन बनाए भने गुल्शन झाले कप्तान राेहित पाैडेलले १८ रन बनाए।

ओमानको अल अमिरत क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएकाे थियो। जापानका लागि कप्तान केन्डेल काडोवकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

नेपालका लागि गुल्शन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए।

समूह ‘बी’को अन्तिम खेल खेलेका नेपाल र जापान दुवै टोली यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेका छन्।

Related posts

नेपालकाे सानदार बलिङ,नेदरल्यान्ड्स १३७ रनमै अल आउट

MadhesKhabar

वीरगन्ज युनाइटेड ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

बारामा क्याम्पस प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

MadhesKhabar

Leave a Comment