Madhes Khabar
खेलकुद

एसियाली खेलकुद : क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसंग खेल्ने

वीरगन्ज,१५असोजः चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

सोमबार भएको ’ड्र’ अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबिचको क्वाटरफाइनल खेल मंगलबार हुनेछ । क्वाटरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बङ्लादेशले मलेसियासँग र श्रीलङ्काले अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले अन्तिम ८ मा भारतलाई हराए पाकिस्तानसँग सेमिफाइनलमा भेट हुनेछ । नेपालले समूह चरणमा मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।

Related posts

लगातार दोश्रो खेल जित्दै पर्सा जनकपुर मेयरकप क्रिकेटको सेमिफाइनलमा

MadhesKhabar

चेन्नईलाई हराउँदै बेंग्लाेर प्लेअफमा

MadhesKhabar

नेपाल ए क्यानडासंग ४ विकेटले पराजित

MadhesKhabar

Leave a Comment