Madhes Khabar
खेलकुद

लगातार दोश्रो खेल जित्दै पर्सा जनकपुर मेयरकप क्रिकेटको सेमिफाइनलमा

वीरगन्ज,२०चैतः जनकपुरमा जारी दोस्रो जनकपुरधाम मेयरकप टि–२० क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलामा पर्सा विजयी भएको छ । रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा पर्साले रौतहटलाई ६९ रनको फराकिलो अन्तरले हराएको हो ।

पर्साले दिएको १४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ्मा उत्रिएको रौतहटले १५ ओभरमा अलआउट हुदैं ७० रनमात्रै बनाउन सकेपछि खेल पर्साले सहजै जितेको हो । रौतहटका लागि सोभेन्द्र पासवानले सर्वाधिक २८ रन बनाए भने नरेश साहले १६ रन जोडे ।बलिङ्तर्फ पर्साका लागि सोनु शर्माले ४ र अकिब अली अन्सारीले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।उसका लागि राहुल हक अन्सारीले सर्वाधिक ५२ रनको योगदान दिए । यस्तै नसरुद्धिन अन्सारीले २४ र अकिब अली अन्सारीले २३ रन बनाए । खेलको म्यान अफ दी म्याच पर्साका सोनु शर्मा घोषित भए ।

यसअघि मंगलबार भएको खेलामापनि पर्साले सप्तरीलाई ५ विकेटले पराजित गरेको थियो ।

Related posts

भारतलाई हराएर नेपाल फइनलमा

MadhesKhabar

नेपालकाे कसिलाे बलिङ सामु दक्षिण अफ्रिका ११५ रनमै समेटियाे

MadhesKhabar

अर्जुनको कीर्तिमानी शतकका बाबजुद नेपाल पराजित

MadhesKhabar

Leave a Comment