Madhes Khabar
खेलकुद

फाइनलमा बंगलादेशसंग नेपाल पराजित

काठमाडौं ,२६माघ : नेपाली राष्ट्रिय यू-२० महिला टिम साफ यू-२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा, शामसुनाहार जुनियर र उन्नती खातुनले एक-एक गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाए।

शाहिदाले ४२औं मिनेटमा गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो।

निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३-० को सहज जित सुनिश्चित गर्‍यो।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष दुई टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए।

लिग चरणमा पनि बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले फाइनलमा त्यसको बदला लिन सकेन। नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

MadhesKhabar

आईपीएलमा आज हैदराबाद र गुजरात भिड्दै

MadhesKhabar

आईपीएलमा आज गुजरात र बेंग्लोर भिड्दै

MadhesKhabar

Leave a Comment