Madhes Khabar
खेलकुद हेडलाइन

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

मधेसखबर
वीरगन्ज ,२४ माघ : काठमाण्डौमा गत पुसमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘स्पट फिक्सिङ’ प्रकरणमा संलग्न भएको आरोप लागेका मध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका छन् ।

उक्त प्रकरणमा सलग्न रहेको आरोप लागे ११ जना मध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बसपार्क निवासी नितेश गुप्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार वीरगन्जबाटै पक्राउ गरेको हो । गत आइतबार काठमाण्डौबाट वीरगन्ज आएको सिआइबीको टोलीले गुप्तालाई पक्राउ गरि त्यहि दिन काठमाण्डौ लिएर गएको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारीले ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा वीरगन्जबाट गुप्ता पक्राउ परेको खबर आफुले पनि सुनेको तर यस बारे विस्तृत जानकारी भने आफुलाई नभएको बताए । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य समेत रहेका अन्सारीले भने ,‘ गुप्ता वीरगन्जको कुन टिमबाट खेल्थे त्यो मलाइ जानकारी भएन , तर सिआइबीले उनलाई पक्रेर काठमाण्डौ लगेको खबर मैले पनि सुनेको छु ।

पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने तीन दिन पहिले काठमाण्डौबाट सिआइबीको एक टोली वीरगन्ज आएको तर कुन प्रायोजनका लागि आएको बारे आफुलाइ नबताएको बताए । शाहले भने ,‘ सिआइबीको टिम वीरगन्ज आएको थियो, केहि परयो भने प्रहरीको सहयोग चाहिन्छ मात्र भन्यो , त्यसपछि मसंग कुनै सम्पर्क भएन ।

वीरगन्जका एक क्रिकेटररका अनुसार , पक्राउ परेका गुप्ता १२ कक्षा सम्म पढ्दा वीरगन्जको ग्लोबल कलेजको टिमबाट स्थानीय स्तरका प्रतियोगितामा खेल्ने गर्दथे । १२ कक्षा पास गरेपछि उनि भारतको दिल्लीमा गएर केहि समय क्रिकेटको प्रशिक्षण लिएर हालै वीरगन्ज फर्किएका थिए ।

सिआइबी श्रोतका अनुसार , नेपाली राष्ट्रिय क्रिकेट टिमकै एक जना क्रिकेटरसँग गुप्ताको राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा गुप्ताले एक जना भारतीय नागरिकले अह्राए अनुसार राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

तर, राष्ट्रिय टिमका ती क्रिकेटरले सदस्यले गुप्ताको प्रस्ताव मानेका थिएनन् । बरु उनले अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई यस बारे खबर गरेको र उनले दिएकै सूचनाका आधारमा गुप्ताको संलग्नता खुलेको ब्यूरो स्रोतले जनाएको छ ।

यसअघि सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा माघ १० गते राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता रहेको छ ।

Related posts

वीरगञ्ज महानगरको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा १३ सदस्य मनोनीत

MadhesKhabar

पर्सामा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

MadhesKhabar

उखुको समर्थन मूल्य तोक्न सरकारको ढिलाइ, किसानहरु अन्योलमा

MadhesKhabar

Leave a Comment