Madhes Khabar
समाचार हेडलाइन

पर्सामा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

वीरगंज २५, माघः आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू नियुक्त गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले एक सूचना जारी गर्दै निर्वाचन ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को व्यवस्था बमोजिम दुई जना अधिकृतहरूलाई जिम्मेवारी तोकिएको जानकारी दिएको जनाईएको हो । निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू भए÷नभएको अनुगमन गर्न र उजुरी लिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्र.को.नि.मनोज कुमार जोशी रहेका छन् ।

सूचना सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीद्वारा हस्ताक्षरीत सुचना अनुसार यदि कसैले निर्वाचन आचारसंहिता विपरीतका कार्य गरेमा वा गराएमा, इच्छुक व्यक्तिले निर्वाचन आचारसंहिता २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित अधिकृतहरू समक्ष उजुरी दर्ता गर्न सक्नेछन्। निर्वाचनलाई मर्यादित बनाउन नागरिकहरूको सक्रिय सहभागिता र निगरानी आवश्यक रहेको प्रशासनले उल्लेख गरेको छ ।

Related posts

पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

MadhesKhabar

नेपाल फोटो पत्रकार महासंघ पर्साको सधारणसभा भदौ १८ गते हुने

MadhesKhabar

वीरगन्जमा जथाभावी फाेहाेर फ्याँक्नेहरुलाई कारबाही गरि १५ लाख जरिवाना असुल

MadhesKhabar

Leave a Comment