Madhes Khabar
स्थानिय हेडलाइन

पम्पम बिल्डिङबाट २ करोड २० लाखको मात्रै कपडा बरामद भयो : पर्सा प्रहरी

वीरगन्ज,०९बैशाखःवीरगन्जको पम्पम बिल्डिङमा रहेको तुल्स्यान मार्केटको गोदामबाट राजश्व छलीको कूल २ करोड २० लाख रुपैयाँ मुल्यको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले तुल्स्यान मार्केटको दुई वटा गोदाममा छापा मारेर १ करोड २० लाख रुपैयाँ मुल्यका कपडा बरामद गरेको थियो ।त्यसपछि शुक्रबार र शनिबारपनि प्रहरीले अरु ४ वटा गोदाममा छापा मारेर थप १ करोड रुपैयाँ मूल्यको कपडा बरामद गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा पम्पम बिल्डिङका ६ वटा गोदाममा छापा मारेर राजश्व छलीको कूल २ करोड २० लाख रुपैयाँ मूल्यका कपडा बरामद गरेको उल्लेख छ । ६ वटा गोदामबाट भारतका विभिन्न ब्राण्डका सर्टीङ–सुर्टीङ, सुती र ढाकाको थान कपडा। साडी,कूर्था–सुरुवाल,धोती लगायतका करिब ३ ट्रक कपडा बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रहरीले छापा मारेका ६ मध्ये २ वटा गोदमको मात्र साहुको पहिचान खुलेको जनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का रामएकबाल कुशवाहा र वडा नम्बर १६ का आकाश कुमार गुप्ताको मात्र पहिचान खुलेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।अन्य ४ वटा गोदाम कसको हो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको उनले बताए ।

बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले जानकारी दिए ।

Related posts

महानगगरको सामाजिक विकास समितिको संयोजकमा ठाकुर मनोनित

MadhesKhabar

पर्सामा वन्यजन्तु तस्करी प्रकरण : दुई प्रदेश सांसद सहित ४९ विरुद्ध मुद्दा दायर

MadhesKhabar

वीरगन्जमा अवैध रुपमा औषधि बनाएर प्याकिङ गर्ने फर्मास्युटिकल्समा प्रहरीको छापा,सञ्चालक चौहान पक्राउ

MadhesKhabar

Leave a Comment