Madhes Khabar
कृषि हेडलाइन

उखुको समर्थन मूल्य तोक्न सरकारको ढिलाइ, किसानहरु अन्योलमा

काठमाडौं,५मंसिरःसरकारले यस वर्षको उखुको समर्थन मूल्य तोक्न ढिलाइ गरेको छ ।सामान्यतया कात्तिक मसान्तसम्म तोकिसक्नुपर्ने उखुको समर्थन मूल्य यो वर्ष सरकारले अझै निर्धारण गर्न सकेको छैन।

चिनी मिलहरुमा उखु क्रसिङ्ग सुरु भइसकेको भए पनि किसानले बिक्री गर्ने मूल्य तोक्न नसक्दा किसानहरू अन्योलमा परेका छन्। उखु किसानहरूले सरकारको ढिलाइप्रति असन्तुष्टि जनाउँदै, ‘उखुको कुन मूल्य पाउने हो भन्ने स्पष्ट नभएकाले आर्थिक योजना बनाउन कठिन भएको’ बताएका छन्।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीले भने मङ्सिर मसान्तसम्म उखुको समर्थन मूल्य तोकिने जानकारी दिए।उनले भने, ‘सामान्यतया कात्तिक मसान्तसम्म मूल्य निर्धारण हुने भए पनि यसपटक केही ढिलाइ भएको हो। मन्त्रालयले मङ्सिर मसान्तभित्रै समर्थन मूल्य तोक्ने तयारी गरिरहेको छ।’

सरकारको ढिलासुस्तीले उखु किसानहरूको आय र व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने देखिएको छ। विगतका वर्षझैं उनीहरु यसपालि पनि चिनी मिलहरुलाई उखु उधारोमै बेच्न बाध्य छन् ।चिनी उद्योगीहरूले भने यही मेसो पारेर गत वर्षकै मूल्यमा किसानसँग उखु लिएर क्रसिङ गरिरहेका छन्।

गत वर्षका लागि सरकारले उखुको समर्थन मूल्य प्रति क्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको थियो ।गत वर्ष सरकारले पुषको पहिलो सातामा उखुको समर्थन मूल्य निर्धारण गरेको थियो ।

Related posts

वीरगन्जमा पनि इर्द पर्बको उल्लास

MadhesKhabar

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका ठोरीका युवा सम्मानित

MadhesKhabar

गहुँ बालीका लागि भारतले नेपालतर्फको गण्डक नहरमा दियो पानी

MadhesKhabar

Leave a Comment