Madhes Khabar
मधेस प्रदेश हेडलाइन

प्रधानमन्त्रीको आश्वासन पछि मधेस सरकारको आन्दोलन स्थगित

फाइल फोटो

मधेसखबर

वीरगन्ज,३१ साउन :प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरिएको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए । आइतबार र सोमबार धर्ना बसेपछि मंगलबारदेखि आन्दोलन स्थगित गरिएको हो।

यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक-पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदासमेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन शुरु गरेका थिए।

Related posts

पर्साको छिपहरमाई गाँउपालिकामा व्यापक भ्रष्टचार भएको भन्दै स्थानीय युवाहरुले दिए धर्ना

MadhesKhabar

यमपञ्चककाे चाैथाे दिन आज गाई तिहार मनाइदै

MadhesKhabar

सिके राउतकाे पार्टीबाट काे काे बन्दै छन् समानुपातिक ५ सांसद ?

MadhesKhabar

Leave a Comment