Madhes Khabar
मधेस प्रदेश हेडलाइन

प्रधानमन्त्रीको आश्वासन पछि मधेस सरकारको आन्दोलन स्थगित

फाइल फोटो

मधेसखबर

वीरगन्ज,३१ साउन :प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरिएको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए । आइतबार र सोमबार धर्ना बसेपछि मंगलबारदेखि आन्दोलन स्थगित गरिएको हो।

यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक-पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदासमेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन शुरु गरेका थिए।

Related posts

महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा

MadhesKhabar

युवा र पाका दुवैलाई समय र आवश्यक्ताका आधारमा स्थान दिनुपर्ने : मन्त्रि यादव

MadhesKhabar

नारायणी अस्पतालको आकस्मिक कक्ष अस्तव्यस्त :डाक्टर र बेड अपुग हुदाँ बिरामीलाई सास्ती

MadhesKhabar

Leave a Comment