काठमाडौं,२४चैतःइन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज(आइतबार) सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ ।यी दुईबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हैदराबादमा हुनेछ ।
जारी आईपीएलमा हैदराबाद चार खेलमा दुई अंकसहित तालिकाको पुछारमा छ । तीन खेल खेलेको गुजरात चार अंकसहित तेश्रो स्थानमा छ । यसअघि हिजो(शनिबार) भएका खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ५० रनले र दिल्ली क्यापिटल्स्ले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हराएको थियो ।

