वीरगन्ज,३चैत:वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा आयाेजित दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्टकाे उपाधि काेशी टिमले जितेकाे छ।
ठाकुरराम बहुमुखी क्याम्पसकाे शिक्षा संकायकाे खेलमैदानमा शनिबार भएकाे फाइनल खेलमा बागमती टिमलाइ ९ विकेटले हराउदै कोशीले उपाधि उचालेको हाे ।
बागमतीले दिएकाे १५० रनको लक्ष्य कोशीले मात्र एक विकेटको क्षतिमा पुरा गर्दै उपाधि जितेकाे हाे।फाइनल खेलको म्यान अफ दि म्याच काेशीका राहुल साह घोषित भए ।
प्रतियोगिताको समापन समाराेहमा विजेता टिमलाई ट्रफी प्रदान गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले
बोल्दै प्रमुख अतिथिका रुपमा रहेकावीरगन्जमहानगरपालिकाका मेयर राजेशमान सिंहले खेलकुदका कार्यक्रममा राजनीतिक भाषण बन्द गर्नुपर्ने बताए । उनले वडा नम्बर १० ले आयोजना गरेको क्रिकेट टुर्नामेन्ट एकदम सराहनिय रहेको भन्दै वीरगन्ज १० का वडाध्यक्ष सुशिल साह कानुलाई धन्यवादपनि दिए।आगामी दिनमा पनि यस्ता खेलकुद प्रतियाेगिताको निरन्तर आयोजना हुनेमा आफूले विश्वास लिएको उनले बताए ।
वडाध्यक्ष सुशील साह कानुले चुनावको बेला आफुले गरेको प्रतिबद्वता अनुसार नै हरेक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको बताए।आदर्शनगर खेलकुद मैदानमा अधिक चापले गर्दा ठाकुरराम क्याम्पसको जिर्ण अवस्थामा रहेको खेलकुद मैदानलाई वडा कार्यलय र वीरगन्ज महानगरको सहयोगमा मर्मत सम्भार गरि टुर्नामेन्ट आयोजना गरेको उनले बताए । आउने दिनमा ठाकुरराम क्याम्पसकै शिक्षा संकाय अन्तरगत खालि रहेको खेल मैदानमा ब्याडमिन्टन कोट र बास्केटबल कोट निर्माण गर्ने आफ्नो योजना रहेको उनले बताए ।
प्रतियाेगिताकाे समापन कार्यक्रममा वडा सदस्यहरु संतोष जैशी चौलागाईं , प्रभु महतो, घडिअर्वा स्पोर्ट्स क्ल्बका अध्यक्ष संतोष कुमार साह , टुर्नामेन्टका सहयोजक लखन लाल गुप्ता , घडिअर्वा छठ पुजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु , समाज सेवि प्रभाकर गुप्ता लगायतकोपनि उपस्थिति रहेको थियो ।

