Madhes Khabar
खेलकुद

अर्जुन गुप्ताकाे अध्यक्षतामा पर्सा जिल्ला फूटबल रेफ्री संघ गठन

वीरगन्ज ,२३असार: पर्सा जिल्ला फूटबल रेफ्री संघको अध्यक्षमा अर्जुन गुप्ता चयन भएका छन् ।

वीरगन्जमा शनिबार सम्पन्न रेफ्री संघकाे प्रथम अधिवेशनले गुप्ताकाे अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेकाे हाे । जसअनुसार संघकाे अध्यक्षमा गुप्ता,उपाध्यक्षमा मंदिप चौरसिया, काजी चौधरी र देवराज चौधरी चयन भएका छन् ।

यस्तै संघकाे सचिवमा राजकिशोर ओझैया, कोषाध्यक्षमा प्रविण उपाध्याय तथा सदस्यहरुमा प्रदिप उरावँ र महिन्द्र प्रसाद रहेका छन् ।

पर्सा जिल्ला फूटबल संघका अध्यक्ष अनिल कुमार कलवारको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संघका मधेस प्रदेश महासचिव दिपक साह, जिल्ला फूटबल संघ तथा प्रदेश सदस्य राजेश पटेल, सरोज यादव लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती

MadhesKhabar

विश्वकप क्रिकेटमा भारतकाे पहिलाे खेल आज,अष्ट्रेलियासंग भिड्दै

MadhesKhabar

मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे सशस्त्र प्रहरीसंग भारतीय एसएसबी पराजित

MadhesKhabar

Leave a Comment