Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा भारतकाे पहिलाे खेल आज,अष्ट्रेलियासंग भिड्दै

काठमाडाैं,२१असाेज: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयाेजक भारतले आफ्नो पहिलाे खेल आज आइतबार खेल्दै छ। उसले आज अष्ट्रेलियासंग खेल्दैछ ।

घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे चेन्नईमा सुरु हुनेछ । अष्ट्रेलिया एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली हो । उसले पाँच पटक विश्वकप जितेको छ।

भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।

विश्वकप क्रिकेटमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । १३ औँ संस्करणको विश्वकपमा न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेका छन्।

Related posts

वीरगन्ज सुपर लिग टी-२० मा वीरगन्ज ब्लास्टरकाे विजयी सुरुवात

MadhesKhabar

आईपीएलमा आज चेन्नई र गुजरात भिड्दै

MadhesKhabar

केपी ओली कप च्याम्पियन मच्छिन्द्र वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment