Madhes Khabar
खेलकुद

वीरगन्ज सुपर लिग टी-२० मा वीरगन्ज ब्लास्टरकाे विजयी सुरुवात

वीरगन्ज,९असाेज:वीरगन्ज ब्लास्टरले वीरगन्जमा बुधबारदेखि सुरु वीरगन्ज सुपर लिग टी-२० सिजन-३ मा विजयी सुरुवात गरेको छ।बुधबार भएकाे उद्घाटन खेलमा वीरगन्ज ब्लास्टरले ड्रागन्स अफ साहिब दरबारलाई ७ विकेटले पराजिजत गरेकाे हाे।

आदर्शनगर रंगशालामा भएको खेलमा १०३ रनकाे लक्ष्य वीरगन्ज ब्लास्टरले १५.४ ओभरमा पूरा गर्याे ।उसका लागि मन्जय महताेले सर्वाधिक ४१ रन बनाए।

त्यसअघि ड्रागन्स अफ साहिब दरबारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रन मात्र बनाएको थियाे।उसका लागि महम्मद जकउलाले सर्वाधिक ३३ रन जाेडेका थिए।

पर्सा क्रिकेट संघकाे समन्वयमा वीरगन्ज युथ स्पाेर्टस एकेडेमीले आयाृजना गरेको प्रतियोगिताकाे उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए।त्यसअवसरमा साहिब दरबारका पुज्य सरकार महाराजकाेपनि विशेष उपस्थिति थियाे ।

असाेज १३ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा ६ टिमकाे सहभागीता छ।बुधबारकाे उद्घाटन कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह,उपाध्यक्ष मुर्तुजा हवारी,सराेज चाैधरीकाेपनि उपस्थिति रहेकाे थियाे।

Related posts

प्रधानमन्त्री कप क्रिकेटमा मधेसकाे सानदार जीत,गण्डकी १४५ रनले पराजित

MadhesKhabar

मलेसियासंग नेपाल पराजित

MadhesKhabar

भारतविरुद्धको टेष्ट सिरिजमा न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

MadhesKhabar

Leave a Comment