Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेसको जित

वीरगन्ज,२५चैतःवीरगन्जमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मधेस प्रदेशले विजयी भएको छ । नारायणी क्रिकेट मैदानमा भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई १८ रनले पराजित गरेको हो।

वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस स्टर्न (डीएलएस) नियमअनुसार मधेश विजयी भएको हो। डीएलएस गणितीय सूत्र हो । वर्षाले प्रभावित खेलमा यो नियम लागू गरिन्छ ।

जितेर गण्डकीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेसले ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। मधेसका लागि मयान यादवले ३२ बलमा ४३ रनको योगदान दिए भने विशाल सुस्लिङले ४९ बलमा अविजित ४० रन बनाए ।

गण्डकीका बलर अपराजित पौडेलले ७ ओभरमा २६ रन र सुभाष भण्डारीले ६ ओभर ५ बलमा २६ रन दिई समान ३–३ विकेट लिँदै मधेशलाई मध्यम स्कोरमा रोक्न सफल भएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले वर्षाका कारण छोट्याइएको खेलमा २२ ओभरमा ५ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो। अर्जुन कुमालले ६५ बलमा अविजित ४९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। अर्का व्याट्सम्यान दीपक डुम्रेले २१ बलमा १३ रन बनाए ।

Related posts

नेपाल टी–२० क्रिकेटमा म्याच फिक्सिङ भएको पुष्टि

MadhesKhabar

नेत्रहीन टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमै नेपाल पराजित

MadhesKhabar

साफ महिला च्याम्पियनसिप: भुटानसंग बराबरीमा राेकियाे नेपाल

MadhesKhabar

Leave a Comment