Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटका लागि घाेषित मधेस प्रदेशकाे टिममा पर्साका सम्साद र रन्जित

वीरगन्ज,२७पुष: शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि घाेषणा गरिएको मधेस प्रदेशकाे टिममा पर्साका दुई जना खेलाडी परेका छन् ।

हरिशंकर साहकाे कप्तानीमा घाेषणा गरिएकाे मधेस प्रदेशकाे १३ सदस्यीय टिममा पर्साबाट सम्साद अन्सारी र रन्जित कुमार पर्न सफल भएका हुन् ।टिमकाे उप-कप्तान पवन सर्राफ रहेका छन् ।

मधेस प्रदेशले आफ्नाे पहिलाे खेल काेशी प्रदेशसंग खेल्नेछ। यी दुई बिचकाे खेल शनिबार भैरहवाकाे सिद्धार्थ मैदानमा हुनेछ ।

प्रतियोगितामा मधेस प्रदेशसहित सात वटै प्रदेश र तीन विभागिय टिम गरी कूल १० वटा टिमले भाग लिने भएका छन् ।

माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाडौंकाे त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेग मैदान र भैरहवाकाे सिद्धार्थ म‌दानमा हुने क्यानले जनाएको छ।

Related posts

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्सा विजयी

MadhesKhabar

अन्तर नगर कर्मचारी क्रिकेटमा वीरगन्ज महानगरको विजयी शुरुवात

MadhesKhabar

काठमाडौंलाई हराउँदै सिमराले जित्यो अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधि

MadhesKhabar

Leave a Comment