Madhes Khabar
खेलकुद

वीरगन्ज–१० को वडास्तरीय क्रिकेट टुर्नामेन्टको फाइनलमा जनकपुर र बागमती

वीरगन्ज,१८माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा जारी तेस्रोे वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उपाधिका लागि जनकपुर र बागमती भिड्ने भएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा शुक्रबार भएका दुवै सेमफिाइनल खेलमा जित हात पार्दै जनकपुर र बागमतीले उपाधि भिडन्तामा स्थान पक्का गरेका हुन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बागमतीले गण्डकी टिमलाई १ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । गण्डकीले दिएको ९० रनको लक्ष्य बागमतीले १८.३ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।

यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा जनकपुरले लुम्बिनीलाई ७ विेटले हराउँदै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।लुम्बिनीले दिएको १०० रनको लक्ष्य जनकपुरले १४.५ ओभरमा केवल ३ विकेट गुमाएर पुरा गर्यो ।

जनकपुर र बागमतीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेदेखि सुरु हुने सहआयोजक घडिअर्वा स्पोटटस क्लबका अध्यक्ष सन्तोष कानुले जानकारी दिए ।

प्रतियोगिताका सेमिफाइनल चरणका खेल शुक्रबार हुनेछ।पहिलो सेमिफाइनल खेलमा गण्डकी र बागमतीबीच तथा दोस्रो सेमिफाइनल खेलमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले माघ १२ गतेदेखि आयोजना गरेको प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।माघ१२ गते प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

 

Related posts

जीतपुरसिमरा क्रिकेट कपकाे उद्घाटन खेलमा पर्सा विजयी

MadhesKhabar

वीरगन्ज स्कूल्स कप टी–२० क्रिकेटको उपाधि ग्रीन ल्याण्डले जित्यो

MadhesKhabar

वीरगन्जमा आयोजित मधेस प्रदेश स्तरीय फुटबलको उपाधीमाथि बाराको कब्जा

MadhesKhabar

Leave a Comment