Madhes Khabar
खेलकुद

लोकेशले शतक बनाएपनि नेपाल ’ए’ आयरल्यान्डसंग पराजित

काठमाडौं,१६चैत :टी–२० शृंखलाको पहिलो खेलमा नेपाल ए आयरल्यान्डसँग पराजित भएको छ ।किर्तिपुरस्थित विवि मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित भएको हो।

लोकेश बम र आरिफ शेखले उत्कृष्ट पारी खेल्दै नेपाललाई जित नजिक पु¥याए पनि अन्तिमका ६ खेलाडीको ब्याट नचल्दा नेपाल पराजित भएको हो। अन्तिम ६ जना खेलाडीले ६ रन मात्र बनाएका थिए।किरन ठगुन्ना २, बासिर अहमद ३ र सागर ढकाल १ रन बनाउँदा रासिद खान, कम ऐरी र हेमन्त धामी शून्य रनमै आउट भए।

त्यसअघि लोकेश र आरिफले ४६ बलमा १२१ रनको उत्कृष्ट पारी खेलेका थिए। लोकेश बम शतकसहित १०६ रनमा आउट हुँदा आरिफ ४९ रनमा आउट भए। त्यस्तै कप्तान विनोद भण्डारीले १६ र अर्जुन घर्तीले ३ रन बनाउँदा देव खनाल शून्य रनमै आउट भएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड एले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो। आयरल्यान्डका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाए। त्यस्तै केड कारमिचेलले ३८, स्टेफेन दोहनीले ३४, निल रकले ३८ र ग्रेथ डीलेनीले अविजित ३० रन बनाए।

Related posts

अन्तिममा सम्हालिन नसक्दा नेपाल स्कटल्यान्डसंग स्तब्ध

MadhesKhabar

भुटानलाई हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

MadhesKhabar

दिल्लीमाथि काेलकाताकाे सहज जित

MadhesKhabar

Leave a Comment