काठमाडौं,९ भदौंः नेपाल,साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।पेनाल्टीसुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ ।

