काठमाडौं,१८असार: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सेनेगललाई ३-२ले पराजित गरेको हो।
पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा भने सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले तीन मिनेटको फरकमा लगातार दुई गोल खान बाध्य भयाे । निर्धारित ९० मिनेटमा खेल २-२ बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको पनि अन्तिमतिर बेल्जियमले पेनाल्टी पायो। पेनाल्टीबाट गोल गर्दै बेल्जियमले ३-२ को अग्रता सहित विजय हासिल गर्यो।
हारसंगै सेनेगलको विश्वकप यात्रा सकिएको छ।

