Madhes Khabar
खेलकुद

प्राे-क्लब टि-२० क्रिकेटको उपाधिका लागि आज पर्सा-११ र पुलिस भिड्दै

वीरगन्ज,१४पुष:वीरगन्जमा जारी दोस्रो संस्करणको नेपाल प्रो-क्लब क्रिकेट च्याम्पियनसिप टि-२० प्रतियोगिताको उपाधिका लागि आज शनिबार नेपाल पुलिस क्लब र पर्सा-११ भिड्दै छन्।

नारायणी रंगशालाकाे क्रिकेट मैदानमा यी दुई बिचकाे फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुने छ।यसअघ शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा-११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले तथा नेपाल पुलिस क्लबले भारतको वन्डर्स क्लब नोयडालाई चार रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

यस्तै तेस्रो स्थानका लागि अहिले त्रिभुवन आर्मी क्लब र भारतको वन्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।

पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा गत पुस ५ देखि सञ्चालित प्रतियोगितामा पर्सा– ११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वन्डर्स क्लब र यूपी- ११ को सहभागिता छ।

Related posts

परवानीपुर गोल्डकपकाे उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

MadhesKhabar

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment