Madhes Khabar
खेलकुद

दिल्लीमाथि काेलकाताकाे सहज जित

फाइल तस्बिर ।

वीरगन्ज,१७बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा साेमबार राति भएको खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले ७ विकेटको जित हात पारेको हो ।

दिल्लीले दिएको १ सय ५४ रनको लक्ष्य कोलकाताले १६ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताका लागि ओपनर फिलिप साल्टले ३३ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि सुनिल नारायण र साल्टले ३७ बलमा ७९ रनको साझेदारी गरेका थिए । नारायणले १० बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।

कप्तान श्रेयस अय्यरले २३ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित ३३ रन बनाए । बेङ्कटेस अय्यरले २३ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित २६ रन बनाए ।

दिल्लीका लागि अक्षर पटेलले दुई तथा लेजार्ड विलियम्सले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

दिल्लीका लागि कुलपि यादवले २६ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान रिषभ पन्तले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । अभिषेक पोरेलले १५ बलमा १८ तथा अक्षर पटेलले २१ बलमा १५ रन बनाए ।

कोलकाताका लागि वरुण चक्रवर्तीले तीन तथा हर्षित राना र बैभब अरोराले समान दुई दुई विकेट लिए ।

नौ खेलमा छैटौं जितका साथ काेलकाता अंकतालिकाकाे दोस्रो स्थानमा कायमै छ । एघारौं खेलमा छैटौं हारका साथ दिल्ली छैटौं स्थानमा छ ।

Related posts

वीरगन्जले जित्याे डुमरवाना गोल्डकप फुटबलको उपाधि

MadhesKhabar

अमेरिकाले पाकिस्तानलाई १५९ रनमै समेट्याे

MadhesKhabar

आईपीएलमा आफ्नै कीर्तिमान तोड्दै हैदराबादले रच्यो नयाँ इतिहास

MadhesKhabar

Leave a Comment