Madhes Khabar
खेलकुद

यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा, गुल्शन झा पनि परे टिममा

काठमाडौं,१९पुष:नेपाल क्रिकेट संघ (क्यान)ले यु-१९ विश्वकपको लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यु-१९ एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्।

टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।

अफ्रिकामा हुने प्रतियोगितामा नेपाल समूह डीमा रहेको छ। नेपालले विश्वकपमा अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्युजिल्याण्डसँग खेल्नेछ भने दोस्रो पाकिस्तानसँग २४ जनवरी र अफगानिस्तानसँग २६ जनवरीमा खेल्नेछ।

Related posts

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

खेलकुदमा लाग्न युवाहरुलाई महानगरले अझ प्रोत्साहन गर्छ : मेयर सिंह

MadhesKhabar

सिमरा गाेल्डकपकाे उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

MadhesKhabar

Leave a Comment