Madhes Khabar
खेलकुद

आईपीएलकाे फाइनलमा पुग्न राजस्थान र हैदराबाद आज भिड्दै

वीरगन्ज,११जेष्ठ:भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा स्थान बनाउँन दोस्रो क्वालिफायरमा आज शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

चेन्नईको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा हुने यी दुई बिचकाे खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित भएकाे हैदराबादले आज दोस्रो क्वालिफायर खेल्दैछ । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंग्लाेरलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।यसअघि समूह चरणमा भएको खेलमा हैदराबादले राजस्थानलाई १ रनले हराएको थियो ।

आजकाे खेलको विजेता टिमले आइपीएलकाे फाइनलमा स्थान बनाउँदै उपाधिका लागि आइतबार कोलकातासंग प्रतिस्पर्धा गर्नेछ ।

Related posts

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

MadhesKhabar

टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै नेपालले रच्याे इतिहास

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलमा आज पुलिस क्लब र काेलकता भिड्दै

MadhesKhabar

Leave a Comment