वीरगन्ज,११जेष्ठ:भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा स्थान बनाउँन दोस्रो क्वालिफायरमा आज शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।
चेन्नईको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा हुने यी दुई बिचकाे खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा कोलकाता नाइट राईडर्ससँग पराजित भएकाे हैदराबादले आज दोस्रो क्वालिफायर खेल्दैछ । हैदराबादलाई पराजित गरेको कोलकाताले भने फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
उता, राजस्थान भने इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंग्लाेरलाई हराउँदै दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।यसअघि समूह चरणमा भएको खेलमा हैदराबादले राजस्थानलाई १ रनले हराएको थियो ।
आजकाे खेलको विजेता टिमले आइपीएलकाे फाइनलमा स्थान बनाउँदै उपाधिका लागि आइतबार कोलकातासंग प्रतिस्पर्धा गर्नेछ ।

