Madhes Khabar
खेलकुद

वीरगन्ज गोल्डकप फुटबलमा आज पुलिस क्लब र काेलकता भिड्दै

वीरगन्ज,२०कार्तिक : वीरगन्ज गोल्डकप फुटबल’ मा आज साेमबार नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबिच खेल हुदैछ।

आदर्शनगर रंगशालामा यी दुईबिचकाे खेल दिउँसाे २.३० बजे सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।

यसअघि आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गाेलले सहजै पाखा लगाउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियाे।

 

अब फाइनल प्रवेशका लागि संकटाले झापा एफ.सी. र त्रिभुवन आर्मी फुटबल क्लबबिच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

Related posts

ज्याक्स र काेहलीकाे विस्फोटक ब्याटिङमा बेंग्लाेरलाई लगातार दाेस्राे जित

MadhesKhabar

दाेश्राे डुमरवना कप फुटबलको उपाधि वीरगन्ज युनाइटेडलाई

MadhesKhabar

सन्दिप लामिछानेले बनाए विश्व कीर्तिमान

MadhesKhabar

Leave a Comment