Madhes Khabar
खेलकुद

दाेश्राे डुमरवना कप फुटबलको उपाधि वीरगन्ज युनाइटेडलाई

मधेसखबर
वीरगन्ज ,१४माघ : बारामा आयाेजित दोस्रो डुमरवाना कप फूटबल प्रतियोगिताको उपाधी वीरगन्ज युनाइटेडले जितेको छ । शनिबार भएकाे फाइनल खेलमा सशस्त्र प्रहरीकाे एपीएफ क्लब महोत्तरीलाई १–० ले स्तब्ध पार्दै वीरगन्ज युनाइटेडले उपाधि उचालेकाे हो ।

वीरगन्ज युनाइटेडलाई उपाधी दिलाउन अमर डंगोलले निर्णायक गोल गरेका हुन् । खेलको पहिलो हाफमा डंगोलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उपाधीसंगै वीरगन्ज युनाइटेडले नगद एक लाख रुपैयाँ र उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेकाे छ। प्रतियोगिताकाे सममपन समाराेहमा विजेता र उपविजेता टिमका खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले पुरस्कार वितरण गरेका थिए ।

जनमुखी चारपाते युवा क्लबले आयोजना गरेकाे प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा निर्माणाधीन कभर्ड हलकाे फलामे डन्डी चाेरी

MadhesKhabar

आइपिएल उपाधिका लागि आज चेन्नई र गुजरात भिड्दै

MadhesKhabar

टि-२० सिरिजमा क्यानडासंग नेपाल पराजित

MadhesKhabar

Leave a Comment