वीरगन्ज,१६बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लाेरले लगातार दोस्रो जित हासिल गरेको छ। आइतबारको पहिलो खेलमा बेंग्लाेरले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो ।
गुजरातले दिएको २सय १ रनको लक्ष्य बेंग्लाेरले १६ ओभरमा १ विकेट गुमाएर भेटायो ।उसका लागि विल ज्याक्सले ४१ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै १०० रनको शतकीय ईनिङ खेले । विराट कोहलीले ४४ बलमा ६ चौका र ३ छक्का सहित ७० रन जोडे ।
बलिङतर्फ गुजरातका लागि साई किशोर एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय रन बनाएकाे थियो ।
गुजरातका लागि साई सुदर्शनले ४९ बलमा ८ चौका र ४ छक्का सहित ८४ रनको अर्धशतकीय ईनिङ खेले । शाहरुख खानले ३० बलमा ५८ तथा डेभिड मिलरले २६ रन बनाए ।
बेंग्लाेरका लागि स्वप्निल सिंह, मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए ।
१० खेलमा तेस्रो जित हात पारेको बेंग्लाेर ६ अंक सहित पुछारमा यथावत छ । १० खेलमा चार जित हात पारेकाे गुजरात ८ अंक सहित सातौं स्थानमा छ ।

