Madhes Khabar
Uncategorized खेलकुद

वीरगन्जमा जारी टी–२० क्रिकेट : एपिएफमाथि पुलिसको फराकिलो जीत

वीरगन्ज, ०८ पुष : वीरगन्जमा जारी प्रो क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबमाथि फराकिलो जीत हात पारेको छ।

वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदानमा आइतबार भएको खेलमा पुलिसले दिएको १४१ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको एपिएफ १३.२ ओरमा अलआउट हुदै ५१ रन मात्र बनाएपछि पुलिसले ८९ रनको फराकिलो जीत हात पारेको हो। एपिएफका अविनाश बोहोरा, कमल खत्री, विपिन खत्री र लोकेश बम चारै जना ब्याटर डक आउट भएपछि पुलिसले सहजै जीत हात पारेको हो । उसका लागि प्रदीप ऐरीले २२ रन र सुनिल महर्जनले ९ रन बनाए ।

बलिङतर्फ पुलिसका शेर मल्ल एक्लैले ५ विकेट लिए । उनले २.२ ओभरमा मात्र तीन रन दिँदै पाँच विकेट लिएका हुन्।ललित राजवंशीले दुई तथा सागर ढकाल र आरिफ शेखले एक–एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको पुलिसले दिलिप नाथको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। पुलिसका ओपनर ब्याटर दिलीपले आक्रमक पारी खेल्दै ३८ बलमा ५६ रन बनाए । योसंगै दिलीप प्रतियोगिताको पहिलो अर्धशतक बनाउने खेलाडीसमेत बने ।यस्तै सुनील धमलाले ३५, शंकर राणाले अविजित २२ र करण केसीले ९ रन बनाएका थिए । बलिङतर्फ एपिएफका अविनाश बोहोराले तीन, रमेश कुर्मीले दुई विकेट लिए।

बिहीबारदेखि सुरु प्रतियोगितामा नेपालका तीन विभागीय टोली, पर्सा ११ तथा भारतको युपी ११ र वन्डर क्लब नोइडा गरी ६ टिम सहभागी छन् ।

 

 

Related posts

एनपीएलमा चितवनको लगातार दोस्रो जित, पोखराको लज्जास्पद हार

MadhesKhabar

साहिब दरबारले जित्याे वीरगन्ज टी-२० सुपर लिगकाे उपाधि

MadhesKhabar

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासंग भिड्न

MadhesKhabar

Leave a Comment