Madhes Khabar
खेलकुद

एनपीएलमा चितवनको लगातार दोस्रो जित, पोखराको लज्जास्पद हार

वीरगन्ज,१८मंसिरःचितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हराएको हो ।

१ सय ६२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पोखरा १३.२ केवल ७४ रनमै अलआउट भएपछि चितवनले ८७ रनको जित हात पारेको हो ।चितवनका सोहेल तनविर र रिजन ढकालले आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि पोखराको ब्याटिङ ध्वस्त भएको थियो ।

काठमान्डु गुर्खाजविरुद्धको अघिल्लो खेलमा ५ विकेट तनविरले मंगलबार पोखराविरुद्धको खेलमा कुशल भुर्तेल , दीलिप नाथ र बास डे लिगलाई डकआउट गरेका थिए ।

यस्तै रिजन ढकालले चौथो ओभरमा ओपनर दिनेश खरेललाई १, किरण ठगुन्नालाई १ र माइकल लिस्कलाई शून्यमा आउट गरेका थिए । नारायण जोशीले पोखराका लागि सर्वाधिक ३० रन बनाए । विपिन खत्रीले ९ रनमात्र जोडे ।

यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो । रवि बोपाराले चितवनका लागि सर्वाधिक ५१ रन बनाएका थिए । पोखराका लागि विपिन खत्री, बास डे लिड र रेयमन राइफरले २–२ तथा सागर ढकालले १ विकेट लिए ।

Related posts

नेपालमै पहिलोपटक हुन लागेको एभरेष्ट महिला भलिबल लिगको ट्रफी वीरगन्जमा प्रदर्शन गरिने

MadhesKhabar

छातापिपरा युथ क्लबलाई ९ नम्बर वडा कार्यालयको सहयोग

MadhesKhabar

नेपालले श्रीलंकालाई हरायाे

MadhesKhabar

Leave a Comment