Madhes Khabar
खेलकुद हेडलाइन

आसिफकाे उत्कृष्ट प्रदर्शनले नेपालद्वारा युएई ५ विकेटले पराजित

काठमाडौं,६कार्तिक: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए।

यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ /४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।साभार:अनलाइनखबरबाट

Related posts

जेनजी आन्दोलनपछि संकटमा परेकाे वीरगन्ज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

MadhesKhabar

कुश्ती खेलको संरक्षणका लागि मधेसका युवा पुस्तापनि अगाडि बढ्नुपर्छ : मन्त्री गुप्ता

MadhesKhabar

जालिमका छोरा मतपत्र र स्वास्तिक छाप सहित पक्राउ

MadhesKhabar

Leave a Comment