
मधेसखबर
वीरगन्ज, १५ बैशाख : भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदरवादलाइ ५ विकेटले पराजित गरेको छ ।
बुधबारराति भएको खेलमा गुजरातले हैदरावादलाइ ५ विकेटले हराउदै रोमाञ्चक जित हात पारेको हो ।जितसंगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा कायमै रहन सफल भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।
१९६ रनको लक्ष्य गुजरातले पुरा २० ओभर खेल्दै ५ विकेट गुमाएर पुरा गरेको हो ।
गुजरातकाका लागि ओपनर्स रिद्धिमान साहले ६८ र शुभमन गिलले २२ रन बनाएका हुन् ।
हैदरावादको तर्फबाट उमराम मलिकले २५ रन दिएर ५ विकेट लिदै म्यान अफ द म्याचको अवार्ड जिते ।
आइपिएलमा बिहीबार दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स बिच खेल हुदैछ ।
यी दुइ बिचको खेल बेलुकी पौने ८ बजे देखि शुरु हुनेछ ।

