Madhes Khabar
खेलकुद

एसिया कप खेलेर फर्केको नेपाली क्रिकेट टिमको विमानस्थलमा भव्य स्वागत

काठमाडौं,२०भदाैं: एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको नेपाली राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट बाहिरिएपछि नेपाली टाेली बुधबार स्वदेश फर्केको हो ।

नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट स‌ंघका पदाधिकारी तथा क्रिकेट समर्थकलेपनि टिमलाई स्वागत गरेका थिए ।

समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै नेपाली राष्ट्रिय टिमका खेलाडीलाई स्वागत गर्न क्रिकेट समर्थकहरु विमानस्थल पुगेका थिए ।

Related posts

प्लेअफमा पुगिसकेकाे राजस्थान पञ्जाबसंग पराजित

MadhesKhabar

निर्णायक खेलमा भारतलाई हराँउदै वेस्ट इन्डिजले जित्याे टि-२० सिरिज

MadhesKhabar

काेलकाताकाे पहिलाे हार, चेन्नईकाे तेस्राे जित

MadhesKhabar

Leave a Comment